माओवादीका ललितपुर जिल्ला संयोजक कट्टेलले दिए राजीनामा

काठमाडौं। यहि मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा व्यहोरेको पराजयको जिम्मेवारी लिंदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन्। ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले आज सोमबार नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन्।

ललितपुर क्षेत्र नम्बर-३ बाट माओवादी केन्द्रकी उपमहासचिव एवं उर्जामन्त्री पम्फा भुसाल पराजित भएकी थिइन्। क्षेत्र नम्बर ३ को प्रदेश सभा १ बाट माओवादीकै राजकाजी महर्जन पनि पराजित भए। यसैगरी ललितपुर क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा माओवादीका उम्मेदवार हरि दाहाल पनि पराजित भएका छन्।

कमेन्ट गर्नुहोस्