एभरेष्ट सफ्टवेर र सजिलो कम्प्युटर सेन्टरबीच सम्झौता

दोलखा। एभरेष्ट सफ्टवेर र सजिलो कम्प्युटर सेन्टरबीच सम्झौता भएको छ। एभरेष्ट सफ्टवेरका कन्सेप्ट डेभलपर आइटी विज्ञ चिरञ्जीवि अधिकारी र सजिलो कम्प्युटर सेन्टरका प्रबन्ध निर्देशक सिताराम दाहालबीच चरिकोटमा सम्झौता भएको हो।सम्झौता भएसँगै अबदेखि सहकारीका अत्याधुनिक सफ्टवेरको काम चरिकोटबाटै हुने भएको छ।

सहकारीलाई अत्याधुनिक वेव बेष्ट प्रविधियुक्त कोर बैंकिङ सिस्टमका लागि दोलखामा सम्झौता गरिएको हो। कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फाराम अपलोड गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशशन र अन्य धेरै सेवा सुविधाहरु रहेको आइटी विज्ञ अधिकारीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्