समानुपातिकमा माओवादी केन्द्रले रास्व पार्टीलाई फेरि उछिन्यो, कस्को मत कति ?

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ अहिलेसम्मको मतपरिणाम अनुसार,नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि उछिनेको छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीबीच एक अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ। यस अवस्थामा फेरि माओवादी केन्द्रले लिड गरेको हो।

माओवादी केन्द्रले १० लाख ६६ हजार ३४१ मत पाउँदा घण्टीले १० लाख ६४ हजार २५२ मत पाएको छ। नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ५२ हजार मत पाउँदा उसलाई उछिन्दै जनमत पार्टीले २ लाख ६२ हजार मत पाएको छ।यस्तै पहिलो स्थानमा भने एमाले कायमै छ।

एमालेले २५ लाख ३८ हजार मत पाउँदा कांग्रेसले २४ लाख २ हजार मत पाएर पछ्याइरहेको छ। यस्तै पाँचौ स्थानमा रहेको राप्रपाले ५ लाख ४५ हजार मत पाएको छ।

यस्तै नवौँ स्थानमा नागरिक उन्मुक्ति पार्टी रहेको छ भने दशौँमा लोसपा रहेको छ। यी दुई पार्टीले क्रमशः २ लाख ३७ हजार र १ लाख २७ हजार मत पाएका छन्।

कमेन्ट गर्नुहोस्