पत्रकार गजेन्द्र राईलाई लगाइएको ‘साइबर क्राइम’को मुद्दा फिर्ता लिन प्रेस सेन्टरको माग

काठमाडौं। पत्रकार राजेन्द्र राईलाई प्रहरीले ‘साइबर क्राइम’को मुद्दा लगाइ पक्रा गरेप्रति प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ ।

उदयपुर जिल्लामा रहेर पत्रकारिता गर्दै आएका प्रेस सेन्टर नेपालका जिल्ला समन्वय समिति सचिव तथा निगरानी पोस्टका संचालक एबम् रेडियो नेपालका उदयपुर खबरदाता राईलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएकोप्रति सेन्टर आपत्ति जनाउँदै यसकर्यप्रति भतसर्ना गरेको छ ।

प्रेस सेन्टरका केन्द्रीय महासचिव सन्तोष पौडेलद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘समाचारमा चित्त नबुझे उजुरी गर्ने, अनुसन्धान गरि कार्वाही गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै समाचार लेखेकै विषयमा पत्रकारलाई पक्राउ गरी सम्बन्ध नै नराख्ने ‘साइबर क्राइम’मा मुद्दा चलाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको हाम्रो ठहर छ । हामी यस कदमको घोर भर्त्सना गर्दछौं ।’

पत्रकार राईमाथि लगाइएको ‘साइबर क्राइम’को मुद्दा अविलम्ब फिर्ता गरि पत्रकार आचारसंहिता सम्वन्धि विषयमा प्रेस काउन्सिल नेपालमार्फत समस्या समाधान गर्नका लागि सम्बन्धित निकायसँग माग गरिएको छ ।

राईलाई मंसिर ९ गते समाचार लेखेको विषयलाई लिएर नेपाल प्रहरीले गिरफ्तार गरी ‘साइबर क्राइम’को मुद्दा चाएको हो ।

कमेन्ट गर्नुहोस्