खादा माला भन्दा सुझाब केन्द्रीत हुन प्रचण्ड सचिवालयको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले आफ्ना नेता तथा कार्यकर्तालाई शुभकामना र बधाईमा खादा माला लिएर समय खर्चिन भन्दा सुझाबमा केन्द्रीत हुन आग्रह गरेको छ ।

अध्यक्ष प्रचण्डका स्वकिय सचिव रमेश मल्लले कन्द्रीय कार्यालय र सचिवालयको इमेलमा मेल गरी सल्लाह सुझाब दिन सकिने बताए ।

साथै, उनले आवश्यक भेटघाट र छलफलका लागि अध्यक्षको समय व्यवस्थापन भैरहने जानकारी दिएका छन् ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले समाजिक संजालमा लेखेका छन्

आदरणीय मित्रहरु तथा कमरेडहरु,
बधाई र शुभकामनाको नाममा खादा माला र समयको बर्बादी नगरी केही सुझाब भए पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष कमरेडको निजि सचिवालयको इमेलमा पठाई सहयोग गरिदिनु होला। आवस्यक छलफल र भेटघाटको लागि भने समय व्यवस्थापन गर्न कोसिस भैरहनेछ।

कमेन्ट गर्नुहोस्