सुनसरी । सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका उम्मेदवार एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ११२ मतअन्तरले विजयी भएका छन् ।
कांग्रेस उम्मेदवार कार्कीले ३०४८३ मत प्राप्त गरे भने एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतले ३०३७१ मत प्राप्त गरेका छन् ।