भरतपुर महानगरले व्यवसायीक मत्स्य फार्कको विद्युत महशुलमा ५०% अनुदान दिने

चितवन । भरतपुर महागरपालिकाले व्यपसायीक मत्स्य कृषकको लागि विद्युत महशुलमा ५० % अनुदान दिने भएको छ । महानगरले आफ्नीनो नीति तथा कार्यक्रममा यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ । भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तरगत व्यवसायीक मत्स्य फर्मको विद्युत महशुलमा ५०% अनुदान कार्यक्रम समावेश गरिएको थियो ।

यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्सहान गर्न सहयोग पुराउने महानगरले अपेक्षा लिएको छ ।

आवेदन दिनको लागि भरतपुर महानगरपालिकाको वेवसाईट वा कृषि महाशाखामा सम्पर्क गर्नुपर्ने छ । महानगरपालिकाले यस अघि दूध उत्पादनमा अनुदान लगायतको विभिन्न अनुदानका कार्यक्रहरु सञ्चालन गर्दै आईरहेको छ ।

कमेन्ट गर्नुहोस्