काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर पाँचजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ९०३ वटा स्वाब नमुनाको परीक्षण गर्दा पाँचजनामा संक्रमण देखिएको हो ।
यो अवधिमा देशभर २४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १५६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।