धनराज गुरुङ एमालेकी अर्याल भन्दा २ हजार भन्दा मतले अगाडी

स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ को मगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता थप बढाउँदै लगेका छन् ।

पछिल्लो मतगणनाअनुसार गुरुङले ७ हजार ४ सय ७६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की उम्मेदवार पदमाकुमारी अर्यालले ५ हजार ६ सय ६९ त ल्याएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर २ हजार ७ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी टिकराज गुरुङले अर्याललाई पछ्याइरहेका छन् ।

अहिले गल्याङ नपाको ६ र ७ तथा भीरकोट नपाको ५, ६, ७, ८ र ९ र वालिङ १, २, ५ र ६ का मतगणना भएको छ । यस निर्वान क्षेत्रमा कुल ७० हजार १ सय ९१ मत खसेको छ ।

मतगणना भइरहेको क्षेत्र प्रदेशसभा (क)अन्तर्गत पर्दछ । (क)मा नेपाली कांग्रेसकै उम्मेदवार भोजराज अर्याल एमालेका उम्मेदवार मोहन रेग्मीभन्दा अगाडि छन् । २ (क) प्रदेशतर्फ नेपाली कांग्रेसका भोजराज अर्यालले २०८१ मतले अग्रता लिईरहेका छन् । भोजराज अर्याल ८२५१ ल्याउँदा प्रतिस्पर्धी मोहन रेग्मीले ६१७० मत प्राप्त गरेका छन् ।

एमालेले धाँधली भएको भन्दै पुन मतदान माग गरेपछि यहाँ १२ दिन मतगणना रोकिएको थियो । निर्वाचन आयोगले बुधबार मात्र स्याङजा बाजुरामा पुन: मतदान गर्नुको साटो मतगणना सुरू गर्ने निर्णय गरेपछि बुधबार रातिदेखि नै मतगणना सुचारू भएको हो ।

कमेन्ट गर्नुहोस्