काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। बिहीबार साँझ प्रचण्ड निवासमा अध्यक्ष राउत र प्रचण्डबीच भेटवार्ता भएको हो ।
भेटमा बधाई तथा शुभकामना आदानप्रदानसँगै सत्ता गठबन्धनमा जनमत पार्टी पनि संलग्न हुनेबारे छलफल चलेको थियो ।
यसअघि आज नै राउतले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए ।