दोलखामा माओवादी केन्द्रका उम्मेदवार कार्की दोब्बर मतले अगाडि

दोलखा। दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका नेकपा माओवादीका उम्मेदवार गङ्गा कार्कीले दोब्बर मतको अग्रता लिएका छन्।हालसम्म ६ हजार ३१ मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले तीन हजार ६१८ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले एक हजार ८०० मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१)मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले तथा प्रदेशसभा (२) मा एमालेका भरत केसीले अग्रता लिएका छन्। दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो।

 

कमेन्ट गर्नुहोस्