काठमाडौं । राष्ट्रिय भूमि आयोगले कुनै पनि स्थानका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीहरूलाई नहटाउन निर्देशन जारी गरेको छ । शुक्रबार एक सूचना मार्फत आयोगले काठमाडौं महानगरसहित सबै स्थानीय तह एवं सरकारी तथा गैरसरकारी निकायहरूलाई यस्तो निर्देशन दिएको हो।
निर्वाचन आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेपश्चात् रोकिएको लगत संकलन र प्रमाणीकरण कार्य पुनः सुचारु हुने आयोगले प्रस्ट पारेको छ। उक्त अवधिसम्म भूमिहीन, सुकुमबासी र अव्यवस्थित बस्ती हटाउने र असुरक्षित हुने कुनै कार्य नगर्न–नगराउन आयोगले निर्देशन दिएको छ।