नेकपाका महासचिव विप्लवलाई मातृशोक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई मातृशोक परेको छ । महासचिव चन्दकी आमा आशिकादेवी चन्दको शनिबार बिहान ९ बजे निधन भएको नेकपाले जनाएको छ ।

सो पार्टीले स्वर्गीय आशिकादेवीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्