दोलखामा जिरीको मतगणना : माओवादी केन्द्रका कार्की हजार मतान्तरले अगाडि

काठमाडौं । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् । हाल जिरी नगरपालिकाको मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर केही घटाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार दिउँसो सार्वजनिक गरेको मत परिणाम अनुसार माओवादी केन्द्रका गंगा कार्कीले ११ हजार ५ सय २६ मत पाएका छन् भने नेकपा एमालेका शिवाकोटीले १० हजार ५ सय २० मत पाएका छन् ।माओवादी केन्द्रका उम्मेदवार कार्की १ हजार ६ मतले अगाडी रहेका छन् ।

हालसम्म गौरीशंकर गाउँपालिकाका ८ वटा वडा, कालिन्चोक गाउँपालिकाको सबै वडा र जिरी गाउँपालिकाको सकिएको छ । त्यसैगरी वैत्यश्वर, तामाकोशी,मेलुङ ,भिमेश्वर (चरिकोट एरिया) विगु, शैलुङको मत गणना हुन बाँकि रहेको छ । जम्मा ८७ हजार मत खसेकोमा २४ हजार गणना भएको हो ।

कमेन्ट गर्नुहोस्