माओवादीको पदाधिकारी बैठक : गठबन्धनको पक्षमा दृढतापूर्वक उभिने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले गठबन्धनको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

चुनावी समीक्षा गर्न बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार पदाधिकारी बैठकले गठबन्धको नेतृत्वमा सरकार बनाएर जाने निर्णय गरेको हो । मल्लले भने– ‘हाम्रो पार्टीको आज बसेको पदाधिकारी बैठकले निर्वाचनको समीक्षा प्रारम्भ गर्नुका साथै गठबन्धनको पक्षमा दृढतापुर्वक उभिएर अगाडि बढ्ने निर्णय गरेको छ।’

यद्यपी बैठकपछि केही नेताहरुले एमालेसँग पनि सहकार्य गर्ने विषयमा ढोका बन्द नगरीएको अभिव्यक्ति दिएका छन् ।

चुनावी परिणाम र सरकार निर्माणमा केन्द्रित छलफलले आइतबार पनि निरन्तरता पाउने भएको छ।

पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे बोलाइएको छ।

कमेन्ट गर्नुहोस्