स्याङ्जा । नेकपा (माओवादी केन्द्र) स्याङ्जा र पर्वतमा जनयुद्धकाका क्रममा हत्या गरिएका शहिदको स्मृतिमा एक कार्यक्रम सम्पन्न गरेको छ ।
तात्कालीन जनयुद्धमा स्याङ्जा र पर्वत जिल्लाका उच्च स्तरका नेतृत्वको रुपमा स्थापित ५ जनाको हत्या भएको दिन पारेर उक्त कार्यक्रम गरिएको माओवादी केन्द्र स्याङ्जाका संयोजक प्रकाश न्यौपाने ‘किरण’ले जानकारी दिए । कार्यक्रम शहिद स्मृती भवन वालिङ् १४ मा भएको थियो ।
शहिद कुविजा पराजुलीकी आमा पार्वती पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन माओवादी केन्द्र पैयुँका अध्यक्ष रेशम सापकोटाले गरेका थिए ।
उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य जयनारायण तिवारी, स्याङ्जा जिल्ला संयोजक प्रकाश न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले माओवादी आन्दोलनका विभाजित धाराहरू र अबको कम्युष्टि आन्दोलनबारे विचार विमर्स गरेको सहभागीले बताए ।