बाजुरा ‘क’बाट एकीकृत समाजवादीका शाही निर्वाचित

काठमाडौं । बाजुरा निर्वाचन क्षेत्र नम्बर ‘क’बाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार नरेशकुमार शाही विजयी भएका छन् । उनी १० हजार ९७३ मत ल्याउँदै सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

शनिबार साँझ सार्वजनिक अन्तिम मतपरिणामानुसार उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार बलदेव रेग्मीले आठ हजार ६३२ मत पाए ।

तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र)का उमेदवार कर्णबहादुर विश्वकर्माले एक हजार ९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्