स्याङ्जा–२ बाट काँग्रेसका उपसभापति धनराज गुरुङ विजयी

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार पूर्वमन्त्री पद्माकुमारी अर्यालभन्दा ५ हजार ६ सय २७ मत बढी ल्याई विजयी भएका हुन् ।

निर्वाचन कार्यालयका अनुसार काँग्रेस उम्मेदवार गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा एमालेकी अर्यालले २५ हजार ८ सय ३९ मत ल्याए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार १ सय १३ मत प्राप्त गरे।

कमेन्ट गर्नुहोस्