स्याङ्जा–२ (२) बाट काँग्रेसका महेश भट्टराई विजयी

स्याङ्जा। स्याङ्जा क्षेत्र नं २ (२) मा नेपाली काँग्रेसका महेश भट्टराई प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार बुद्धिमान श्रेष्ठले भन्दा भट्टराईले १ हजार ७ सय ८६ मत बढी ल्याई विजयी भएका हुन्।

निर्वाचन कार्यालयका अनुसार काँग्रेस उम्मेदवार भट्टराईले १८ हजार ७ सय ८ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार २ मत प्राप्त गरेका हुन् ।

कमेन्ट गर्नुहोस्