यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशका पहाडी भू–भागका एक–दुई स्थानमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। राती बागमती प्रदेश, मधेस प्रदेश लगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका भू–भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्