बाजुरा प्रतिनिधि सभामा कांग्रेसका पाण्डे विजयी

बाजुरा। बाजुरा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सह(महामन्त्री बद्री प्रसाद पाण्डे विजयी भएका छन्।

पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५हजार ५सय ४१ को मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्। विजयी पाण्डेले ३१हजार ७ सय ८९ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका कर्णबहादुर थापाले २६हजार २सय ४८ मत प्राप्त गरेका छन्।

बाजुरामा जम्मा मतदाता ८३ हजार ५सय ६७ मध्ये ६० हजार एक सय ५२मत खसेको थियो। प्रतिनिधि सभा एक र प्रदेश सभा दुई रहेको बाजुरामा प्रदेस सभा ‘क’ मा एकीकृत समाजवादिका नरेश कुमार शाही प्रदेश ‘ख’ मा कांग्रेसका पदम बहादुर शाहि र प्रतिनिधि सभामा पाण्डे विजयी भएका थिए। योसंगै बाजुरामा मतगणना कार्य सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्