नारायणगढ–मुग्लिन सडकखण्डमा पुलबाट ट्रक खस्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट मंगलबार बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।

दुर्घटनामा ट्रक चालक धादिङ घर भइ मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए। उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए। रासस

कमेन्ट गर्नुहोस्