वीभत्स हत्या : सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको प्लास्टिकमा बोकेर भाग्दै गरेका श्रीमान्

सुर्खेत । सुर्खेतमा युवकले पत्नीको वीभत्स हत्या गरेका छन् । पञ्चपुरि नगरपालिका –३ स्थित तोक्मा घर भएका अमर बहादुर आले मगरले हत्या गरेका हुन् । हत्यापछि उनी पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर भाग्दै थिए

भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ३० वर्षीया मिना आले मगरलाई उनले खुकुरी प्रहार गरेर घाँटी काटेर हत्या गरेका हुन् । टाउको पलास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घरायसी झगडामा उक्त घटना भएको संका गरिएपनि यथार्थ विवरण भने आउन बाँकि छ ।

कमेन्ट गर्नुहोस्