कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक बोलाइएको जानकारी दिए । बैठक शनिबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ ।

“बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” विज्ञप्तिमा लेखिएको छ ।

कमेन्ट गर्नुहोस्