सरकारमा जाने जनमत पार्टीको निर्णय

काठमाडौं । जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने गरेको हो ।

आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको सो पार्टीका एक नेताले जानकारी दिए । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । समानुपातिक सूचीको वर्णानुक्रम राखिए अनुसार नै समानुपातिक सांसद चयन गर्ने निर्णय गरिएको छ । संघमा सामान्य हेरफेर हुने देखिएको ती नेताले बताए । बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ ।

कमेन्ट गर्नुहोस्