काठमाडौं । जनमत पार्टीले समानुपातिक उम्मेदवार चयन गरेको छ। पहिलो पटक चुनावमा सहभागी भएको जनमतले प्रतिनिधि सभामा ३ लाख ९४ हजार ६ सय ५५ मत पाएको छ।
सो आधारमा निर्वाचन आयोगले जनमतलाई ४ सिट दिएको छ।बिहीबार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकको नाम टुंगो लगाएको अध्यक्ष चन्द्रकान्त राउतले जानकारी दिए।
उनका अनुसार क्लस्टर अनुसार नाम छानिएको छ। जसमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटा छन्।
निर्वाचन आयोगले समानुपातिक नाम पठाउन बुधबार पत्राचार गरेको थियो।