समानुपातिक सांसदहरुको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आजको बैठक समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्नका लागि बस्न लागेको एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

खासगरी आजको बैठकमा एमालले प्राप्त गरेको समानुपातिक सिटमा संसद सिफारिस र भर्खरै सम्पन्न निर्वाचनका सम्बन्धमा समीक्षा हुने जनाइएको छ । समीक्षालगायतका विषयमा छलफल गरिने छ ।

निर्वाचन आयोगले पनि राजनीतिक दलहरुलाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिइसकेको छ ।

समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै मत प्राप्त गर्दा उसको भागमा ३४ सांसद परेको छ ।

कमेन्ट गर्नुहोस्