चोलेन्द्रलाई रोक्न बारको धर्ना आजपनि, रिटमाथि आजै सुनुवाइ

काठमाडौं । संसद् सचिवालयका महासचिव भरत गौतमले निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र दिएपछि उत्पन्न भएको परिस्थिति अझै साम्य भएको छैन ।

महासचिवको पत्र लिएर सर्वोच्च जाने तयारीमा रहेका राणालाई रोक्न आज पनि बारका पदाधिकारीहरु गेटमै धर्नामा बस्ने तयारीमा छन् ।

उनीहरु केहीबेरमै धर्नामा बस्ने भएका छन् भने भने सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित ९ पदाधिकारीहरुले दायर गरेको रिटमाथि पनि आजै संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

कमेन्ट गर्नुहोस्