पहिलो क्वार्टरफाइनलको पहिलो हाफमा क्रोएसिया र ब्राजिल बराबरीमा

काठमाडौं । कतार विश्वकपको पहिलो क्वार्टरफाइनल खेलमा क्रोएसिया र ब्राजिलले बराबरी खेलेका छन्।

दोहास्थित एजुकेशन सिटी स्टेडियममा खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी गरेका हुन्।

पहिलो हाफमा ब्राजिलले ५१ प्रतिशत बल पोजेशन बनाएको छ भने साविक उपविजेता क्रोएशियाले ४९ प्रतिशत बलपोजिसन सहित रक्षापंक्ती मजभुत बनाएको छ ।

खेलको पाँचौ मिनेटमा ब्राजिलका भिनिसियस जुनियरको प्रहार क्रोएशियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाए। १३ औँ मिनेटमा इभान पेरिसिचको प्रहार गोलरक्षक एलिसनले रोक्दा ब्राजिलविरुद्ध अग्रता लिने सुन्दर मौका गुमायो।

कमेन्ट गर्नुहोस्