ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा

काठमाडौं । सर्वाधिक विश्वविजेता ब्राजिललाई पराजित गर्दै क्रोएसियाले सेमिफाइनलको यात्रा तय गरेको छ । शुक्रबार राति एजुकेशन सिटी रंगशालामा ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजि गरेको हो।

क्रोएसियालाई ब्राजिलले पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको हो। यसअघिको विश्वकपमा ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। अतिरिक्त समयमा १–१ को बराबरी हुन पुग्यो ।

खेलको १०६ मिनेटमा ब्राजिलले अग्रता लिए पनि क्रोएसियाले ११७ मिनेटमा गोल फर्काएर बराबरीमा पुर्यायो। क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले गोल फर्काए। त्यसअघि नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए।

अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।

कमेन्ट गर्नुहोस्