ब्राजिलका प्रशिक्षक टिटेले दिए राजीनामा

काठमाडौं। ब्राजिलका प्रशिक्षक टिटेले राजीनामा दिएका छन्। कतारमा जारी फिफा विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि प्रशिक्षक टिटेले राजीनामा दिएका हुन्।

शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा ब्राजिल क्रोएसियासँग पेनाल्टीसुट आउटमा ४२ ले पराजित हुँदै बाहिरिएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक टिटेले राजीनामा दिएका हुन्।

सन् २०१६ मा ब्राजिलको प्रशिक्षक बनेका टिटेले २०१९ मा ब्राजिललाई कोपा अमेरिका जिताएका थिए। उनले कतार विश्वकपपछि पद छाड्ने गत फेब्रुअरीमै घोषणा गरेका थिए।

कमेन्ट गर्नुहोस्