अपेक्षाअनुसार सिट आएन, तर हाम्रो भूमिका केन्द्रीय नै छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा सोचेजस्तो सिट नआए पनि राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिका निर्णायक रहेको बताएका छन् ।

शनिबार माओवादी निकट निजामती कर्मचारीको कार्यक्रममा उनले राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कसैले अवमूल्यन गर्न नसक्ने बताए । उनले माअवादीका नेता कार्यकर्ता धेरै निरास हुनुपर्ने खालको स्थिति नभएको बताए । स्थानीय तह र प्रदेशमा राम्रै उपस्थिति रहेको भएपनि संघमा अपेक्षा अनुरुप नआएको प्रति गम्भिर समिक्षा गरिने बताए ।

‘१२२ पालिका माओवादीको कन्ट्रोलमा हुने भनेको सानो कुरा होइन, प्रदेशमा हामी ७४ को हाराहारीमै छौं । तर संघमा हामीले सोचेजस्तो, अपेक्षा गरेजस्तो भएन’ उनले भने, ‘हाम्रो भूमिका खुम्चियो भन्ने होइन । राष्ट्रिय राजनीतिमा हाम्रो भमिका केन्द्रीय नै छ, त्यसलाई कसैले खोस्न सक्दैन ।’

प्रचण्डले चुनावी परिणामबाट निराश हुन नपर्ने बताए । २०६४ सालको निर्वाचनमा माओवादीले धेरै सिट जित्दा अरु पार्टी निकै सानो आकारमा पुगेको भन्दै उनले आत्मसमीक्षा गरेर मिहिनेत गर्ने हो भने पुन संगठित हुन सक्ने बताए ।

२०६४ सालमा राम्रो जनमत ल्याउदा हौसिएका कारण आफ्नो जितलाई पचाउन नसेको कारण पार्टीमा क्षति पुगेको बताए । संसदीय निर्वाचनमा जित र हारको डाइलेक्टीकल रिलेसन हुने हुँदा जित पछि हार जित पछि हार चलिरहने बताए । माओवादी केन्द्रको संर्घषद्धारा स्थिापित एजेन्डामा देश चलेको बताउदै निराश नभएर माओवादीको पहिचान जोगाएर अघि बढ्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्