काठमाडौं । माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ । माओवादीले निर्णय गरे अनुसार समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची यसप्रकार रहेको छ ।
आदिवासी महिलातर्फ
१ दुर्गा राई
२ मीना तामाङ
३ उर्मिला माझी पौडेल
४ छिरिङ ल्यामु लामा तामाङ
खस आर्य पुरुषतर्फ
५ हितराज पाण्डे
खस आर्य महिलातर्फ
६ ज्ञानु बस्नेत सुवेदी
७ विमला सुवेदी
८ नारायणी शर्मा
थारु महिलातर्फ
९ रुपा सोसी चौधरी
दलित पुरुषतर्फ
१० रणेन्द्र बराइली
दलित महिलातर्फ
११ सुशीला श्रीपाली ठकुरी
मधेशी महिलातर्फ
१२ मीना यादव
१३ उमरावती देवी यादव
मुस्लिम महिला तर्फ
१४ कल्पना मियाँ