काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गण्डकी प्रदेशसभा समानुपातिक सांसदको टुंगो लगाएको छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार गण्डकीमा दलित महिलातर्फ दिल माया पौ.बी, टीकाकुमारी बस्याल चयन भएका छन्।
जनजाति महिलातर्फ विमला गौचन र रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङलाई चयन गरिएको छ। यस्तै, खसआर्य महिलाबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी चयन भएकी छन् ।