काठमाडौं । उत्तरपूर्वी अफ्रिकी राष्ट्र दक्षिण सुडानमा नेपाली सेनाको तर्फबाट शान्ति मिसनमा गई एक वर्ष कार्य पूरा गरेको टोली त्यहाँको राजधानी जुबाबाट नेपाल फर्केको छ । टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
यो टोलीमा अधिकृत तथा अरू दर्जाका २१३ जना सहभागी रहेको जनाएको छ ।रासस ।