काठमाडौं । चिसो मौसम लागेसँगै दिनहुँ तापक्रम क्रमशः घटिरहेको छ भने चिसो बढिरहेको छ। हिजो (आइतबार) ६ डिग्रीमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज झन तल झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले दिएको जानकारीअनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो। २४ घण्टामा झन्डै १ डिग्री तापक्रम घटेको हो।
अहिले बिहान ८ः४५ बजे न्यूनतम तापक्रम पुनः मापन गरिने र त्यसबेला अझ घट्ने सम्भावना हुने उनले बताइन्। त्यसबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ।