मोरङको गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न गृहकार्य सुरु

काठमाडौं। मोरङको गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न गृहकार्य थालिएको छ । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत रहने उक्त मेडिकल कलेज सुदुरुपश्चिमको डडेल्धुरामा सरकारले बजेटमार्फत घोषणा गरेको मेडिकल कलेजकै अवधारणामा अघि बढनेछ ।

मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ६ (१)का प्रदेश सांसद जीवन आचार्यका अनुसार, निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट जनतामाझ गरिएको प्रतिबद्धता पुरा गर्ने प्रक्रियास्वरुप काम अघि बढाइएको बताए ।

यही विषयमा मंगलबार नेपाली कांग्रेसका नेता तथा सांसद डा। शेखर कोइरालाको नेतृत्वमा बैठक बसेको थियो ।

“सरकारले जसरी डडेल्धुरामा मेडिकल कलेज बनाउने भनेको छ, त्यही मोडेलमा बनाउन मन्त्रीपरिषदमा लैजाने सल्लाह भएको छ ।” आचार्यले भने । आचार्यका अनुसार, बिभिन्न तहमा समन्वय र छलफल भइरहेको छ । विभिन्न मंत्रालयको समन्वयको काम जीवन आचार्यले गरिरहेका छन्

बैठकमा मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य डा। सुनिल शर्मा, डा शेखर कोइराला, विश्वविद्यालयका उपकुलपति, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिलका पदाधिकारी, राष्ट्रिय सभा सदस्य, जीवन आचार्य लगायतका प्रदेश सभा सदस्य, स्वास्थ्य मन्त्रालयका सचिव, शिक्षा मन्त्रालयका अधिकारी सहित रहेका थिए ।

आचार्यले भने, “अहिले सबैतिरबाट सकारात्मक रुपमा कार्य अगाडी बढिरहेकोले छ । त्यसक्षेत्रका हामी सबै जनप्रतिनिधिहरु सक्रिय भउका छौं । अब चाँडै मेडिकल कलेज सञ्चालन हुन्छ ।”

गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न सबै राजनीतिक दल, सरोकारवाला र नेपाल सरकारका निकायहरू गम्भीर रहेको बताउँदै आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवा समेत मोरङमा मेडिकल कलेज सञ्चालन गर्नुपर्छ भन्नेमा सकारात्मक रहेको बताए ।

यस्तै, नवनिर्वाचित प्रदेश सभा सदस्य जीवन आचार्यले विश्वविद्यालय हाताभित्र मेडिकल कलेज सञ्चालन हुनुपर्ने बताउँदै त्यसका कसैको व्यक्तिगत स्वार्थ नभएको र त्यहाँका जनताको आवश्यकता समेत रहेको बताए । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले कलेज सञ्चालन गर्नका लागि मेडिकल काउन्सिलले टेक्निकल सपोर्ट गर्ने बताउँदै आउँदो शैक्षिक सत्रबाटै कलेज सञ्चालन हुन्छ भन्नेमा आफूहरू लागि परेको जिकिर गरे ।

मेडिकल कलेज सञ्चालन गर्न चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार ३ सय बेडको अस्पताल चुनौतीको रुपमा देखिए पनि मन्त्रिपरिषद्ले निर्णय गरेर कोशी अञ्चल अस्पताललाई समायोजन गर्ने भएपछि कलेज सञ्चालनको प्रक्रिया सहज हुने राष्ट्रिय सभा सदस्य गोपी अछामीले बताए ।

चिकित्सा शिक्षा आयोगका कार्यकारी सदस्य डा। दिलीप शर्माले कोशी अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सरकारबाट प्रस्ताव अगाडी बढे चिकित्सा शिक्षा ऐन र नियममा अडिग रहेर आयोगले देशको लागि सकारात्मक निर्णय गर्ने बताए ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित डा। शर्माले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरे अनुसार उनी कुनै पनि हालतमा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भन्नेमा लागि परेका छन् ।

२०६५ सालमा ५० बेडको अस्पताल सुरु गरेको विश्वविद्यालयमा हाल बिएस्सी नर्सिङ, पीबीबीएम, बीपीएच, बी फार्मेसी, बीएस्सी एमएलटी, एमपीएच र एम फार्मेसी गरी सात विषयमा अध्ययन अध्यापन भइरहेको छ ।

सरकारले विश्वविद्यालयलाई ८०५ बिघा जग्गा भोगचलन गर्न दिएकोमा ८४ बिघा जमिनमा विश्वविद्यालयले घेराबार गरेको छ। डा। शर्माको सक्रियतासँगै गोठ गाउँमा मेडिकल कलेज आउनेमा सो क्षेत्रका जनता समेत विश्वस्त छन् ।

कमेन्ट गर्नुहोस्