प्रधानमन्त्री देउवालाई आयोगले निर्वाचन परिणाम बुझायो

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम जानकारी गराएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाउँदै आयोगले प्रधनमन्त्रीलाई मंसिर ४ मा सम्पन्न निर्वाचन परिणामबारे जानकारी गराएको हो।

निर्वाचन परिणामबारे जानकारी गराउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियतासहित आयोगका पदाधिकारीहरु बालुवाटार पुगेका थिए।

त्यसअघि आयोगले राष्ट्रपति भण्डारीलाई बिहीबार बुझाएको निर्वाचन परिणामसहितको प्रतिवेदन उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि बुझाएको थियो।

कमेन्ट गर्नुहोस्