काठमाडौं । जापान सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलालाई उच्च समान दिएको छ ।
सभामुख रहँदा नेपाल–जापान सम्बन्ध सुधारमा गरेको योगदानका लागि जापान सरकारले पौडेललाई ‘अर्डर अफ द राइजिङ सन’ पहिलो दर्जा (ग्रान्ड कार्डन) पुरस्कारले सम्मान गरेको हो ।
पौडेलले बिहीबार पाएको पुरस्कारको घोषणा साढे दुई वर्ष अघि नै भइसकेको थियो ।
आधुनिक जापानको प्रगतिको जग मानिएका सम्राट मेइजी रेस्टोरेसनले सन १८६९ मा सुरु गरेको ‘अर्डर अफ राइजिङ सन’ जापानले विदेशी विशिष्ट व्यक्तिहरूलाई प्रदान गर्दै आएको छ ।