काठमाडौं । संघीय संसद सचिवालयले निर्वाचन आयोगलाई सांसदहरूको जन्ममिति सहितको विस्तृत विवरण माग गर्दै पत्राचार गरेको छ। आयोगले सांसदहरूको नामावली उपलब्ध गराए पनि पूर्ण विवरण नपठाएपछि पत्राचार गरेको हो।
सचिवालयले आयोगलाई सांसदहरूको विवरण मागेको संसद सचिवालयका उपसचिव दशरथ धमलाले अन्नपूर्णलाई जानकारी दिए । धमलाका अनुसार निर्वाचन आयोगसँग सांसदहरूको विवरण माग गरेका छौं।
सचिवालयले विवरण उपलब्ध गराएपछि प्रक्रिया अघि बढ्छ।’ संसदमा प्रत्यक्ष र समानुपातिक गरी २७५ सांसद चुनिएका छन्। संसदमा सात राजनीतिक दलले राष्ट्रिय मान्यता पाएका छन् भने १३ राजनीतिक दलको प्रतिनिधित्व हुनेछ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल जनमत पार्टी राष्ट्रिय पार्टी बनेका छन्। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल जनमत पार्टी नयाँ राजनीतिक दलका रूपमा उदाएका छन्।