काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानप्रति दिल–दिमागदेखि पूर्णरुपमा प्रतिबद्ध व्यक्ति मात्रै राष्ट्रपति बन्नु पर्ने बताएका छन् ।
“राष्ट्रपति देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल–दिमागदेखि पूर्णरुपमा प्रतिबद्ध भएको व्यक्ति बन्नु पर्छ,” उपसभापति खड्का ट्विटरमा लेख्छन्, “यसमा नेपाली कांग्रेस पार्टी कसैसँग सम्झौता गर्न सक्तैन र गर्नु पनि हुँदैन ।”