विश्वकप : मोरक्कोलाई २–१ ले पराजित गर्दै तेस्रो बन्यो क्रोएसिया

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोसियाले तेस्रो स्थान हासिल गरेको छ ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसियाले आफुलाई तेस्रो स्थानमा कायम गरेको हो ।

पहिलो हाफमा क्रोएसियाका जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरे ।

मोरक्कोका अच्राफ दारीले एक गोल गरे ।

भोलि ८:४५ मा हुने फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दै छन् ।

कमेन्ट गर्नुहोस्