माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको हो ।

बैठकमा संसदीय दलको नेता, सरकार गठनलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष प्रस्ताव गरेका थिए ।

प्रचण्डले सरकार गठनबारे भएको गृहकार्यका विषयमा बैठकमा ‘ब्रिफिङ’ गर्नेछन् ।

कमेन्ट गर्नुहोस्