अनामनगरमा स्थानीयले महानगरको गाडी ४ घण्टा नियन्त्रणमा लिएपछि……..

काठमाडौं । महानगरपालिकाले बलजफ्ती गरेको भन्दै स्थानीयले महानगरको गाडीलाई झन्डै ४ घण्टा नियन्त्रणमा लिएका छन् । काठमाडौ महानगर पालिका वडा १० मा महानगरपालिकाका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले निजी निवास अगाडि सवारी पार्क गर्दा पनि नक्सापास चाहिने बताएपछि स्थानीय र महानगरबाट खटिएका कर्मचारीबीच भनाभन भएको थियो ।

नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले आइतबार अनामनगरस्थित निजी जग्गामा राखिएका सवारी साधन उठाएपछि नक्सापास चाहिने बताए । महानगरले निजी जग्गामा पार्क गरिएका सवारी साधन उठाएपछि स्थानीय प्रतिवादमा उत्रिएका थिए ।

नगरप्रहरीलाई नियमविपरीत काम गरेको भन्दै स्थानीयले सम्झाउन खोज्दा नगरप्रहरी प्रमुख पाण्डेले ‘गाडीमा आगो लगाउनु’ भन्दै उत्तेजक अभिव्यक्ति दिएका थिए ।

उनले महानगरको सवारी नै जलाउन चाहे पनि जलाउनुस् भन्दै भीडलाई थप उत्तेजित बनाएपछि अनामनगर क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो । नगरप्रहरी प्रमुख पाण्डेको अभिव्यक्तिले सर्वसाधारण आक्रोशित बनेका छन् ।

त्यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडासदस्य सन्तोष ढुंगेलले पनि अनामनगर क्षेत्रका घरधनीले व्यावसायिक नक्सा पास नगरेको भन्दै निजी निवासमा पनि पार्किङको नक्सापास हुनुपर्ने धारणा राखेपछि पीडीतहरुले ढुंगेलविरुद्ध पनि नाराबाजी गरेका थिए ।

कमेन्ट गर्नुहोस्