नगरपालिका संघको आठौं राष्ट्रिय अधिवेशन प्रारम्भ

काठमाडौं । राजधानीमा नेपाल नगरपालिका संघको आठौं राष्ट्रिय अधिवेशन प्रारम्भ भएको छ । आजदेखि पर्सिसम्म हुने अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन्।

राष्ट्रिय सभा गृहमा भएको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रमुख अतिथि छन्। नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुको अध्यक्षतामा भइरहेको कार्यक्रममा नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरलाई विशेष अतिथि बनाइएको छ । कार्यक्रममा चार सय जनाभन्दा बढीको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्