काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने वा नजाने भन्नेबारेको निर्णय पार्टी सभापति रवि लामिछानेलाई दिएको छ।
सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार को सँग कसरी जाने भन्नेबारे अन्तिम निर्णय पार्टी सभापतिले नै गर्नेछन्।
संसदीय दलको बैठकले सभापति लामिछानेलाई आजै मात्र संसदीय दलको नेता चुनेको छ।
रास्वपाको अहिले पनि संसदीय दलको बैठक जारी छ।
रास्वपाले यसअघि पनि विभिन्न राजनीतिक दल र शीर्ष नेताहरुसँग छलफल, संवाद गरिरहेको छ। त्यसमा पार्टी सभापति लामिछाने, प्रवक्ता डा. मुकुल ढकाल र अन्य निर्वाचित सांसदहरूसमेत सहभागी छन्।