संसदीय दलको नेतामा देउवालाई रामचन्द्रको प्रस्ताव, समर्थकमा पूर्णबहादुर खड्का र बिमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिएका छन्। मंगलबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर देउवाले आफ्नो उम्मेदवारी दिएका हुन्।

देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेको बिमलेन्द्र निधिले जानकारी दिए।

संसदीय दलको नेतामा महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिएका छन्। थापाको समर्थकमा शेखर कोइराला तथा प्रस्तावाकमा धनराज गुरूङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन्।

संसदीय दलको नेताका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ। आजै साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ।

बेलुका ४ बजेसम्म उम्मेदरवारविरुद्ध उजुरी दिन पाइनेछ भने साढे ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन पाइनेछ। मंगलबार बेलुका पौने ६ बजे उम्मेवारको अन्तिम नामावली प्रकाशन भएपछि भोलि (बुधबार) बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुनेछ ।

कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनमा ८९ सांसदले मतदान गर्न पाउँछन् ।

विजेताले ५१ प्रतिशत अर्थात ४५ मत ल्याउनुपर्ने हुन्छ।

कमेन्ट गर्नुहोस्