पार्टीबाट निलम्बित भए माओवादीका केन्द्रीय सदस्य बजगाईँ

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईँलाई पार्टीले निलम्बन गरेको छ । गत ३ पुसमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले उनलाई निलम्बन गरेको हो ।

पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा कार्यरत महिला कार्यकर्ताले दिएको उजुरी र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएको अश्लिल म्यसेजहरूको प्रतिलिपीसहित बागमती प्रदेश कार्यालयको सिफारिसको आधारमा उनलाई निलम्बन गरिएको हो ।

उनी ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादीबाट काठमाडौं –३ का उम्मेदवार समेत बनेका थिए । बजागाइँविरुद्ध आफ्नै कार्यकर्तालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

कमेन्ट गर्नुहोस्