काठमाडौं । चुनावपछिको शक्ति बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनका पाँच दलको बैठक बस्ने भएको छ। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको परिणाम सार्वजनिक भएपछि यस विषयमा छलफलका लागि बैठक राख्ने तयारी भएको हो।
‘शक्ति बाँडफाँट बारेको प्रस्तावमा अनौपचारिक छलफलका लागि कांग्रेस संसदीय दलको मत परिणामपछि गठबन्धनको बैठक बस्ने तयारी भएको हो
बुधबार साँझ नै बैठक बस्न सक्ने नेताहरुले बताएका छन् ।
यसअघि सांसदहरूको शपथ ग्रहणपछि शक्ति बाँडफाँटको छलफल गर्ने गठबन्धनको तयारी थियो। सांसदहरूको शपथ पुस ७ गते तोकिएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका कारण गठबन्धन बैठकमा अनौपचारिक रूपमा छलफल गर्ने तयारी छ।