लोसपा संसदीय दलको नेतामा ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेता चयन गरिएको छ । सो पार्टीका नेता केशव झाका अनुसार बुधबार संसदीय दलको नेता चयन गरिएको हो ।

दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका सांसद महन्थ ठाकुर चयन भएका छन् । ठाकुर सर्वसम्मत दलको नेता चयन भएको झाले जानकारी दिए ।

लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ ।

कमेन्ट गर्नुहोस्